गोविन्द गुरुङ : नौमुले गाउँपालिका वडा न १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भाङघारीमा बिद्यार्थीहरु बिच बालविवाह न्यूनीकरण बारे बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तन शिल बाल क्लबको आयोजनामा महिला सशक्तीकरण मञ्च दैलेखको आर्थिक सहयोगमा नि मा वि र मा वि मा अध्ययन गर्ने बिद्यार्थीहरु बिच प्रतिस्पर्धा गरिएको थियो ।
प्रतियोगितामा निमावितर्फ सपना देवकोटा प्रथम भएकी छन्, दितिय खड्का मिजार, तृतीय पान्जल शाही, सान्त्वना मदन थापा मगर भएका छन् त्यस्तै मावितर्फ प्रथम सञ्चिता थापा, द्दितिय डिल सरा थापा, तृतीय दिपा शाही र सान्त्वना टिकाराम मिजार भएका छन् ।
गाउँमा बढ्दै गएको बालविवाह न्यूनीकण गर्नका लागि विद्यालय तहबाटै विद्यार्थीलाई नै सचेत गराउने अभियान अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको जुना थापाले जानकारी दिएकी छन् । विद्यार्थी दीपेन्द्र ढकालले बिद्यार्थीहरुका लागि निकै प्रभावकारी भएको, बालविवाहले पार्नै समस्या, कानुनी कुरा समेत विद्यार्थीले जानकारी पाएको बताएका छन् ।











